घरजग्गा खाली गर्न पूर्वराजाकी छोरी प्रेरणालाई ट्रष्टको ताकेता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घरजग्गा खाली गर्न पूर्वराजाकी छोरी प्रेरणालाई ट्रष्टको ताकेता


प्रशासन विशेष ब्युरो

१२ असार २०७५, मंगलबार


काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर र जग्गा खाली गर्न पत्र पठाइएको छ ।

नेपाल ट्रष्ट कार्यालयले काठमाडौं महानगरपालिका–१३ छाउनीमार्गमा १५ रोपनीमा बनेको घर र जग्गा खाली गर्न पत्र पठाएको हो ।

सर्वोच्च अदालतले नेपाल ट्रष्टको भएको फैसला गरिसकेकोले प्रेरणाले उपभोग गर्दै आएको उक्त जग्गा ३५ दिनभित्र घर जग्गा खाली गर्न पत्रचार गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिनुअघि पूर्वराजा वीरन्द्रको नाममा रहेको उक्त घरजग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा प्रेरणाले रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस