एसईई नतिजा प्रकाशनमा पनिकाको त्रुटी, ९ हजार विद्यार्थीको नतिजा फेरबदल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसईई नतिजा प्रकाशनमा पनिकाको त्रुटी, ९ हजार विद्यार्थीको नतिजा फेरबदल


प्रशासन विशेष ब्युरो

१२ असार २०७५, मंगलबार


काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले एसईई नतिजा प्रकाशनमा ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए तलमाथि परेको छ ।

३.६५ देखि ४.०, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको छ ।

पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ रहेकोमा त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ ।

त्यसैगरी ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४७ हजार ८ सय ९६ रहेकोमा बढेर ४८ हजार ९ सय ४१ छ ।

२.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

शनिबार साँझ गरेको सार्वजनिक नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी संख्या २४ रहेकोमा भोलीपल्ट आइतबार साँझ संख्या बढेर ७४ जना पुगेको छ ।

ग्रेडिङ पद्धतिबाट ९ वटा श्रेणीमा नतिजा प्रकाशित गरेकोमा तीनवटा श्रेणीमा सबैभन्दा धेरै फरक परेको कार्यालयले जनाएको छ ।

हतारमा रिजल्ट सार्वजनिक गर्दा त्रुटि भएको कार्यालयले जनाउदै आएको छ ।

छानविनका लागि मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार परीक्षा नियन्त्रण कार्यालयका नतिजा प्रकाशनमा संलग्न कर्मचारीसँग सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस