मलेसियामा कामदार चढेको बस दुर्घटना हुँदा ३६ नेपाली घाईते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलेसियामा कामदार चढेको बस दुर्घटना हुँदा ३६ नेपाली घाईते


प्रशासन विशेष ब्युरो

११ असार २०७५, सोमबार


काठमाडौँ । मलेसियामा कामदार बोकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् ।

पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा कामदार चढेको बस सडकमा पल्टिँदा ठूलो संख्याका कामदारहरु घाइते भएका हुन् ।

उनीहरुको स्थानीय पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको त्याहाँस्थित नेपालीले जनाएका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस