स्थानीय तहमा दश हजार कर्मचारी पठाउने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहमा दश हजार कर्मचारी पठाउने तयारी


१० असार २०७५, आइतबार


कर्मचारी

सिमरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दश हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।

आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मन्त्री पण्डितले दश हजार कर्मचारी पठाउने तयारी भइरहेकाले कतै पनि कर्मचारीको अभाव हुन नदिने बताए । उनले जनताको काम काजमा कुनै अवरोध नहुने गरी कर्मचारी कर्मचारी परिचालन गरिने बताए ।

‘राज्यलाई ढाटेर बसेका कर्मचारीले पनि उन्मुक्ति पाउने छैनन्’, मन्त्री पण्डितले भने, देशमा संघीय राजनीतिको अभ्यास सुरु भइरहेको छ तर कर्म चारी अझै परिवर्तित् हुन सकेका छैनन् ।’

राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने र राज्यले तोकेको स्थानमा जान नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने उनले बताए । उनले कर्मचारीलाई राष्ट्र सेवक भयर काम गर्न आग्रह गरे ।

उपमहानगरले आर्थिक वर्ष ०७५/७६ का लागि चालु खर्चतर्फ १६ करोड १९ लाख र पूँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्व ७ करोड १५ लाख एक हजार आठ सय २० रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरकी उपमेयर सरस्वती चौधरीले सभामा बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस