कर्मचारीलाई व्यवसाय गर्न र एनजीओमा सहभागी हुन छुट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई व्यवसाय गर्न र एनजीओमा सहभागी हुन छुट


प्रशासन विशेष ब्युरो

७ असार २०७५, बिहिबार


समायोजन

काठमाडौं । कर्मचारीले व्यापार व्यवसाय गर्न पाउने र गैरसरकारी संस्था (एनजीओ)मा सहभागी हुन पाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको विधेयक मस्यौदामा यस्तो प्रावधान राखिएको छ।

प्रस्तावित संघीय निजामती सेवा ऐनको दफा ७३ को उपदफा ३ मा सरकारको स्वीकृति लिएर कर्मचारीलाई व्यापार व्यवसाय गर्न दिइने र कर्मचारीलाई पेसागत वा अन्य एनजीओमा आबद्ध हुन छुट दिइने प्रावधान समेटिएको छ।

मन्त्रालयले तयार पारेको उक्त विधेयकको मस्यौदालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वीकृत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस