सम्पत्ति शुद्धिकरण विभागका पूर्वअनुसन्धान अधिकृत समातिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सम्पत्ति शुद्धिकरण विभागका पूर्वअनुसन्धान अधिकृत समातिए


प्रशासन विशेष ब्युरो

७ असार २०७५, बिहिबार


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसे लाई पक्राउ गरेको छ ।

धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय चालिसे सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको सैबुस्थित सिघीपार्क गणेश मन्दिरबाट उनलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

सो मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै २० चैत्र ०७४ मा १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएपछि उनी फरार भएका थिए ।

उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस