लागूऔषध विरुद्धको सप्ताहव्यापी कार्यक्रम गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागूऔषध विरुद्धको सप्ताहव्यापी कार्यक्रम गरिँदै


६ असार २०७५, बुधबार


काठमाडौं । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्धको दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दैछ । गृह मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

हरेक वर्ष जुन २६ (यस वर्ष असार १२ मा परेको) लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यस वर्षको नारा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागूऔषध अपराध विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।

लागूऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यसविरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको उनले जोड दिए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले कार्ययोजना सहित सचेतना अभियान सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा÷अफिम फँडानी, प्रभातफेरी, सभालगायत कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस