काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड सिंगापुर उडेका छन् । पत्नी सीता र छोरी गंगा दाहालका साथ अध्यक्ष प्रचण्ड सिंगापुरका लागि उडेका हुन् ।
उनी पत्नी सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् ।