सहसचिवस्तरको जागिर खान पुगेका पूर्वमुख्य सचिव सोमलाल सुवेदी फिर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहसचिवस्तरको जागिर खान पुगेका पूर्वमुख्य सचिव सोमलाल सुवेदी फिर्ता


प्रशासन विशेष ब्युरो

३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । सरकारले नेपालको तर्फबाट एशियाली विकास बैंक(एडीबी)को वैकल्पिक निर्देशक पदमा कार्यरत पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

सुवेदीको ठाउँमा अर्थ मन्त्रालयका सह–सचिव रामशरण पुडासैनीलाई पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

मुख्यसचिवको जागिर छोडेर एडीबीमा सहसचिवस्तरको पदमा गएको भन्दै सोही बेलामा समेत सुवेदीको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस