नेकपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त निर्णय संविधान र कानुन विपरीत रहेको भन्दै रिट दायर गरिएको बताइएको छ ।

दल दर्दाका लागि एक तिहाई महिला हुनुपर्ने कानुनी व्यवस्था रहेपनि कानुन विपरीत सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय गैर कानुनी रहेको भन्दै रिट परेको हो ।

प्रतिक्रिया दिनुहोस