दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु


३१ जेष्ठ २०७५, बिहिबार


बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।

घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नंको जीप दुर्घटना हुँदा ताराखोला– ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वडा नंं ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । जीप कच्ची सडकबाट ४०० मिटर तल खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस