ठेकेदारको लापरवाहीले ठूला योजना अलपत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ठेकेदारको लापरवाहीले ठूला योजना अलपत्र


२७ जेष्ठ २०७५, आइतबार


बाजुरा । ठेकेदारको लापरवाहीका कारण बाजुरा जिल्लमा रहेका ठूला योजना अलपत्र परेका छन् । जिल्लामा २० भन्दा बढी योजनाहरुको २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकायाले समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कानुनी कारवाही गरिने बताए । रोकायाले काम नगर्ने ठेकेदारको जिल्ला प्रशासन कार्यलयबाट सबै तथ्याङ्क संकलन गरी स्थलगत अनुगमन गरिसकेको बताउँदै अब काम नगर्ने ठेकेदारहरुलाई कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

स्थलगत अनुगमन गर्दा २० भन्दा बढी योजना समयमा काम नगरी अलपत्र परेको भेटिएको उनले बताए । सबैभन्दा बढी काम नभएका योजनाहरु पुल, विद्यालयका भवन, स्वास्थ्यचौकी भवन सडक रहेका छन् ।

सबै ठेकेदारहरुलाई एक हप्ता भित्र स्पष्टिकरण मागिएको र चित्त बुझ्दो जवाफ नआए कारवाही गरिन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस