पुर्ख्यौली घरमा डा. देवकोटाको ४५ मिनेटः सिस्ने धारोको पानी खाए, खोलाको पानीले खुट्टा पखाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुर्ख्यौली घरमा डा. देवकोटाको ४५ मिनेटः सिस्ने धारोको पानी खाए, खोलाको पानीले खुट्टा पखाले


प्रशासन विशेष ब्युरो

२६ जेष्ठ २०७५, शनिबार


काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको जन्मथलोको सिस्ने धारोको पानी खाने र स्थानीय खोलाको पानीले खुट्टा धुने चाहना पुरा भएको छ ।

पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा अनुशार गोरखाको पालुङ्गटार नगरपालिका–३, बोहरागाउँस्थित जन्मघरमा पुर्याइएका डा् देवकोटाले शनिबार करिब पौने घण्टा विताए ।

पुख्र्यौली घरमा पुग्दा हसिँलो मुहारमा देखिएका देवकोटालाई भेट्न टाढाटाढाबाट आफन्तहरुसमेत आएका थिए । डा. देवकोटा शनिबार नै काठमाडौं ल्याई पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस