लागुऔषधको प्रयोग एक वर्षमा आधा घटाउन सकिन्छ : गृहमन्त्री थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लागुऔषधको प्रयोग एक वर्षमा आधा घटाउन सकिन्छ : गृहमन्त्री थापा


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बिहीबारको बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ’, थापाले भने, ‘हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।’

उनले यो सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधीभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए ।

उनले चिकित्सकको सिफारिसबिना मनोद्धिपक औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई ईजाजतपत्र रद्ध गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागु पदार्थ विरुद्ध कारवाही सुरु गरीनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयकी डा. पुष्पा चौधरीले औषधी पसलको अनुगमनका लागि जनशक्ति अभाव रहेको भन्दै अब अनुगमनलाई तिव्रता दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस