अवैध बिदेशी मुद्रा सहित दुई जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अवैध बिदेशी मुद्रा सहित दुई जना पक्राउ


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । अवैधरुपमा बिदेशी मुन्द्रको सटही गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ।

सिनामंगल गोल्डेनगेट अगाडी अवैधरुपमा बिभिन्न देशका मुद्राहरु सटही गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले मोरङ्ग साबिकको अमरदह गाविस– ३ घर भई हाल काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ५२ वर्षीया मैयाँ निरौलालाई पक्राउ गरेको हो । खानतलासी लिदा उनको साथबाट मलेशियन रिंगिट ३००, कतारी रियाल १६३, युएइदिराम ६९०, साउदी रियाल ३०० र भारतीय १०,००० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै जयबागेश्वरी ऐरियामा पनि अवैधरुपमा बिभिन्न देशको मुद्रा सटही भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्राउ पर्नेमा भारत ढाकाथाना घर भई काठमाडौं गौरीघाट बस्दै आएका ३४ वर्षीया राम सागर भगत रहेका छन् ।

उनको साथबाट ७ लाख भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस