२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताएका छन् ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उद्घाटनमा बोल्दै उनले सांसदलाई

कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताएका हुन् ।

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उनले भने, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ-याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’ उनले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानूनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे ।

त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई सुझाव दिए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने दुई दिने अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सहभागिता रहेको छ ।

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ ।