अबैध रुपमा हुण्डी कारोवार गर्ने गिरोह पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अबैध रुपमा हुण्डी कारोवार गर्ने गिरोह पक्राउ


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । काठमाडौं विभिन्न क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोवारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले हुण्डि कारोवारमा संलग्न रहि राजश्‍व छली गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंको विभिन्न ठाउबाट पक्राउ गरेको हो

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ११ थापाथलिका २९ वर्षीया राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी–८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ वर्षीया राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ वर्षीया शिव कुमार साङतानी रहेका छन्।

यस्तै भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ वर्षीया अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्‍वर काठमाडौं बस्ने ३८ वर्षीया रविन्द्र चोखानी र ४७ वर्षीया राज कुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ वर्षीया जगदिश राना सरिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख, ४ हजार, ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप, ह्वाट्स याप तथा वी च्याट गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजरका साथै कागजातहरु बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस