झोलुंगे पुल भाँचिँदा तीन घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झोलुंगे पुल भाँचिँदा तीन घाइते


प्रशासन विशेष ब्युरो

२२ जेष्ठ २०७५, मंगलबार


डोटी । जिल्लाको गेरुपानीस्थित सेती नदीमा निर्माणाधीन झोलुंगे पुल भाचिँदा तीन कामदार घाइते भएका छन् । घाइते हुनेमा सुनसरी, गडी गाउँपालिका–२ का दुई वर्षीय दिलिपकुमार यादव, २० वर्षीय युवराज चौधरी र सुकेत ऋषिदेव रहेका छन् ।

इलाका प्रहरी कार्यालय, दिपायलका अनुसार चौधरीलाई गम्भीर चोट लागेको छ । उनलाई नेपालगन्ज रिफर गरिएका सई दिलबहादुर कुँवरले जानकारी दिए । अन्य दुई जनाको दिपायलस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

केवलहरू राम्रोसँग नकस्सिँदा झोलुंगे पुल भाँचिएको सई कुँवरले बताए । पुलको स्ट्याण्ड टन भाचिँदा दुईवटै टावर नदीमा खसेको प्रहरीले जनाएको छ । पुल निर्माण काठमाडौंको खम्बाचो सबिना निर्माण सेवाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस