अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको आज जवाफ दिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको आज जवाफ दिने


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । संसदमा प्रस्तुत गरेको बजेटमाथि उठेका प्रश्नहरुको अर्थमन्त्री डा. युवराज खतिवडाले आज जवाफ दिँदैछन् ।

जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि १७ जेठ देखि छलफल शुरु भएको थियो ।

बजेटबारे आज केही सांसदहरुले बोले पछि अर्थमन्त्रीले यसबारे जवाफ दिने छन्।

सांसदहरुले छलफलका क्रममा प्रश्न उठाएका छन् ।

सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले बजेटमा असन्तुष्टि जनाएका छन् ।

अर्थमन्त्रीले उठेका प्रश्नमाथि जवाफ दिएपछि मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस