पाल्पा बस दुर्घटना: १२ को मृत्यु, ११ को सनाखत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाल्पा बस दुर्घटना: १२ को मृत्यु, ११ को सनाखत


प्रशासन विशेष ब्युरो

१८ जेष्ठ २०७५, शुक्रबार


पाल्पा । रम्भादेवी गाउँपालिका–४, हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत हुनेमा तानसेन ३ का देवेन्द्रलाल प्रधान, बसन्ती खाँण, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र कमला कार्की, तानसेन ४ का कृष्णबहादुर बोहोरा र विष्णुमान बज्राचार्य, तानसेन ६ का दुर्गाबहादुर सारु, सुशीलप्रसाद श्रेष्ठ, गीता बुढाथोकी र तानसेन २ का लोकनाथ ढकाल रहेका छन् । मृतकमध्ये एक महिलाको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूलाई उद्दार गरी अस्पताल लगिएको छ ।

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु१ख ९७५ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस