प्रदेशसभा सदस्यलाई स्पष्टीकरण ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशसभा सदस्यलाई स्पष्टीकरण !


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७५, बिहिबार


विराटनगर । सुन तस्करी र हत्या मुद्दामा अदालतमा बहस गरेको विषयमा प्रदेशसभा सदस्यलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बसेको प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई सुन तस्करी र हत्या मुद्दामा अदालतमा बहस गरेको विषयमा लिखित स्पष्टिकरण सोध्न निर्णय गरेको हो ।

एमालेबाट उम्मेदवार मोरङ २ को ‘ख’ बाट निर्वाचीत प्रदेशसभा सदस्य अधिकारीले सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा अभियुक्तको पक्षमा बहस गरेपछि विवादित बनेका थिए। सुन तस्करीमा जोडिएका डिएसपी बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बहस गरेपछि उनी विवादमा तानिएका थिए ।

कानुन व्यवसायी समेत रहेका अधिकारीको बारेमा दलको बैठकमा कुरा उठाइएपछि उनलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस