२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सही रणनीतिसहित समाजवादतर्फ : प्रचण्ड

अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताए।

उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, “माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।”

“जनवादलाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा हामीले सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ,” उनले भन्नुभयो, “नेपाली कम्युनिष्ट आन्दोलनका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तनका साथै समावेशी लोकतान्त्रिक संघीय गणतन्त्रका साथ समाजवाद उन्मुख संविधान दिलाउनु विश्वका लागि पनि एक सन्देश हो ।”

नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भने ।

नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वका सरकार रहेको सन्दर्भमा कम्युनिष्ट र समाजवादी आन्दोलनका विश्व अनुभव आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने बताउँदै उनले श्रमिक वर्गको मुक्ति र सामाजिक समृद्धिका लागि माक्र्सवाद बाहेक अर्को दर्शन नभएको धारणा व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताए ।

सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस