आयोगले उपत्यका खानेपानी लिमिटेडलाई छलफलमा बोलायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयोगले उपत्यका खानेपानी लिमिटेडलाई छलफलमा बोलायो


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग भएपछि खानेपानी महसुल निर्धारण आयोगले छलफलमा बोलाएको हो ।

खानेपानी चोरी भएका सम्बन्धमा सोधखोज गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आयोगले छलफलाकलागि बुधबार बोलाएको अध्यक्ष्य उपेन्द्र अधिकारीले बताए ।

वर्षौँदेखि खानेपानी चोरी भए पनि लिमिटेडले रोक्नका लागि कुनै पहल गरेको छैन ।

उपत्यकामा वितरण भएको पानीमध्ये ४० प्रतिशत चुहावट भइरहेको लिमिटेडकै प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदन १० वर्ष अघिको अध्ययनका आधारमा तयार गरिएकाले हाल अझ बढी चुहावट हुनसक्ने लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए ।

चुहावट कति छ भन्ने विषयमा पछिल्लो अध्ययन नभएको लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस