सिंहदरवारको फोहोर व्यवस्थापनमा चासो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारको फोहोर व्यवस्थापनमा चासो


प्रशासन विशेष ब्युरो

१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । देशको मुख्य प्रशासनिक निकायका रूपमा चिनिने सिंहदरवार केही दिनअघिसम्म कुरूप थियो । जताततै फोहोर, जथाभावी थुपारिएको माटो र भूकम्पमा भत्किका संरचनाले सिंहदरवार अस्तव्यस्त देखिन्थ्यो ।

यसबारे प्रशासन डट कमले निरन्तर समाचार प्रकाशन गरेपछि सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले फोहोर व्यवस्थापनमा चासो देखाएको छ । प्रशासन डट कमले गत बिहीबार कहिलेसम्म हटाइएलान् सिंहदरवारभित्रैका भग्नावशेष समाचार प्रकाशन गरेपछि समितिले भग्नावशेष पन्छाउन चासो देखाएको हो । यसबारे प्रशासन डट कमले आइतबार कुरूप बन्दै सिंहदरवार शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

‘भूकम्पमा क्षतिग्रस्त संरचना हटाउन सुरु भइसकेको छ,’ समितिका सदस्यसचिव वसन्तकुमार राईले भने, ‘अबको केही दिनमा ती संरचना हटाइसक्छौं ।’ उनले फोहोर व्यवस्थापनका लागि पनि काम गरिरहेको जानकारी दिए ।

महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको भत्केको संरचना हटाउने काम शुरु भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पछाडी पट्टि रहेको तत्कालीन महिला तथा बालबालिका मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको भवनको भग्नावशेष अझै शुरु गरिएको छैन ।

२०७२ वैशाखको भूकम्पमा तत्कालीन महिला तथा बालबालिका मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको भवन क्षतिग्रस्त भएका थिए । तर, तीन वर्ष बित्दा पनि सिंहदरवारबाट क्षतिग्रस्त संरचना हटाइएको थिएन । ‘ती संरचना हटाउन दुई टेन्डर गरिएकाले ढिला भएको हो,’ उनले प्रष्ट्याउन खोजे ।

फोहोर हटाउन सुरु गरिएसँगै यहाँको स्वरूप फेरिने पक्का भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस