कहिलेसम्म हटाइएलान् सिंहदरवारभित्रैका भग्नावशेष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कहिलेसम्म हटाइएलान् सिंहदरवारभित्रैका भग्नावशेष


प्रशासन विशेष ब्युरो

१० जेष्ठ २०७५, बिहिबार


सिंहदरवार । तत्कालिन सामान्य प्रशासन मन्त्रालय तथा हालको महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको यो भवन २०७२ बैसाख १२ को महाभुकम्पपछि गल्यामगुर्लुम भत्क्यो ।

समयक्रमसँगै सबैतिर विस्तारै सम्हालिँदै जाँदा मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार आफै उभिन बिर्सिएछ क्यारे त्यही भएर होला, यस परिसरभित्रका दुईचारवटा ढलेका भवनहरु पनि अझै न ठडिएका छन् न त भग्नावशेष नै हटाइएका छन् ।

सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण कार्यालयबाट मुस्किलले दुई मिनेटको लाग्ने यस भवनमा दृष्ट्रि पुगेन नै, सिंहदरवार सचिवालय पुनर्निर्माण समितिको नै चाँसो बन्न पुग्यो ।

त्यसो त तत्कालीन महिला तथा बालबालिका मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको भवनका सामग्री समेत किस्ताबन्दीमा हटाउन थालेपछि कहिँ नभएको जात्रा हाँडि गाउँमा भन्ने उखान चरितार्थ भएको छ । एउटालाई भत्काउने जिम्मा दिइयो भने अर्कोलाई इट्टा लगाएतका सामाग्रीहरु उठाउने । उनीहरु पनि सुतेरै काम गर्न थालेपछि सिंहदरवार कुरुप बन्न पुगेको हो ।

आम नागरिकको प्रश्न छः आफ्नै आँगन सफा गर्न वर्षौ लाग्ने सिंहदरवारले मुलुकभरीको सफाई गर्न कति जुनि फेर्नुपर्ला ?

प्रतिक्रिया दिनुहोस