क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र तीनपाङ्ग्रेको जरिवाना बढाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र तीनपाङ्ग्रेको जरिवाना बढाइयो


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना बढाइएको छ ।

गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताउनुभयो ।

“उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेका हौँ”, उहाँले भन्नुभयो । महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो ।

महाशाखाका प्रमुख पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिए । ठूला सवारी साधनको हकमा सो नियम लागू भएको छैन ।

प्रतिक्रिया दिनुहोस