१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुरूप बन्दै सिंहदरवार

अ+ अ-

काठमाडौं । सिंहदरवारप्रति आम मानिसको चाहना कस्तो होला ? पक्कै पनि– सुन्दर र व्यवस्थित । तर, वास्तविकता भने आम मानिसको चाहनाभन्दा फरक छ । सिंहदरवार न व्यवस्थित छ न त सुन्दर नै ।

जथाभावी फालिएका फोहोर तथा काठ र भूकम्पले भत्किएका संरचनाले यहाँको सौन्दर्यता बिगारेको छ । यसले सिंहदरवारलाई कुरूप त बनाएको छ नै, साँघुरो पनि बनाएको छ । जथाभावी फालिएका फोहोरले सिंहदरवारलाई कुरूप बनाएको स्वयं परिसरभित्र कार्यरत कर्मचारी बताउँछन् ।

‘सिंहदरवारभित्रैका अवस्था यस्तो छ, अन्य ठाउँमा भएन भनेर के गर्नु’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत एक उच्च अधिकारीले भने–‘तर यस्तै अवस्था अब सँधै रहनु हुँदैन, प्रधानमन्त्री कार्यालयबाटै भएपनि पहल हुन जरुरी छ ।’

भूकम्पमा भत्किएका तत्कालीन महिला तथा बालबालिका मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको भवनका सामग्री अझै हटाइएका छैनन् । भूकम्प गएको तीन वर्ष बित्दा पनि क्षतिग्रस्त संरचना हटाउन सरोकारवालाले बेवास्ता देखिएको छ ।

सिंहदरवारको सौन्दर्यता बिगार्ने अर्काे कारण हो– जथाभावी थुपारिएको माटो । तत्कालिन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयको छेउमा अझै माटो थुपारिएको देख्न सकिन्छ ।

सिंहदरवार परिसरमै फोहोर थुप्रिँदा पनि सरोकारवाला निकायले वास्ता गरेको देखिँदैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पछाडि र तत्कालिन श्रम तथा रोजगार मन्त्रालयरहेको ठाउँमा हाल सोही मन्त्रालय अन्तर्गतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नयाँ प्रिफ्याब बीचमा अहिले पनि फोहोर थुपारिएको छ । खण्डहर जस्तो लाग्ने यो दृश्यले सरकार नै छैन कि भन्ने अनुभुत गराउँछ ।

समयमै फोहोर नउठ्दा दुर्गन्ध फैलिएको कर्मचारी बताउँछन् ।

फोहोर मात्र होइन, कार्यालय परिसरमा जथाभावी काठ पनि थुपारिएको देख्न सकिन्छ । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बीचमा थुपारिएको रुखका जरा र काठले पनि यो पुष्टि गर्छ ।

सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव मात्रै होइन, प्रधानमन्त्री तथा मुख्यसचिवसमेत यही बाटो हुँदै कार्यालय जान्छन् तर छेवैको यो दृश्यमा कसैको नजर पर्दैन या वेवास्ता गरिन्छ ।

सिंहदरवार सचिवालय पुनर्निर्माण समितिका सदस्य सचिव वसन्तकुमार राई सिंहदरवार परिसरमा थुप्रिएका फोहोर संकलन गर्न केही ढिलाइ भएको स्विकार्छन् ।

भूकम्पमा क्षतिग्रस्त संरचना हटाउने प्रक्रिया अघि बढे पनि प्राविधिक समस्याले काम पूरा नभएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पछाडी पट्टिको फोहोर हटाउने सन्दर्भमा ‘भूकम्पमा क्षतिग्रस्त संरचना भत्काउन र उठाउन छुट्टाछुट्टै टेन्डर गरियो,’ सदस्यसचिव राईले भने, ‘त्यसैले पनि ढिलाइ भयो ।’ यसको लागि एकै टेन्डर गरेको भए अहिलेसम्म काम भइसक्ने उनको भनाइ छ । कतिपय भवनहरु पुरातत्वसँग सम्बन्धित भएकाले पुरातत्व विभागसँग स्विकृति लिनुपर्ने लगाएत कारणले पनि सबै सफा गर्न नसकिएको उनले बताए ।

सिंहदरवारभित्रको सफाईका लागि पहल भइरहेको समिति सदस्य सचिव राईले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवर सिंहदरवारको सरसफाइका लागि सहरी विकास मन्त्रालयलाई निर्देशन दिइसकेको बताउँछन् ।

त्यसो त सिंहदरवारभित्र बनस्पति नै नउम्रिने, फुलै नफुल्ने र सुन्दर बनाउनै नसकिने होइन, बोटविरुवाहरु पनि उम्रिन्छन्, फुल पनि फुल्छ र फुलवारी बनाएर सुन्दरता पनि बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस