मासिक २५ लाखले बुझ्छन् सामाजिक सुरक्षा भत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मासिक २५ लाखले बुझ्छन् सामाजिक सुरक्षा भत्ता


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेपालमा मासिक २५ लाख जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् ।

चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणका अनुसार जेष्ठ नागरिक, अपांग, एकल महिला, आदिवासी लगायतका विभिन्न शीर्षकमा २४ लाख ९८ हजार ५ सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

जसमा जेष्ठ नागरिक १२ लाख ८ हजार, जेष्ठ नागरिकभित्र पनि दलित जेष्ठ नागरिकको २ लाख ६९ हजार, कर्णालीका जेष्ठ नागरिक ३४ हजार ६ सय र अन्य जेष्ठ नागरिक ९ लाख ३ हजार ८ सय रहेका छन्

त्यस्तै भत्ता लिने एकल महिलाको संख्या १ लाख ८ हजारर विधवाको संख्या ५ लाख ६७ हजार ८ सय जना रहेको छ ।

भत्ता पाउने पूर्ण अपांगको संख्या ३९ हजार ६ सय र आंशिक अपांगको संख्या ६३ हजार २ सय रहेको छ ।

भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिको संख्या २४ हजार ६ सय र बालबालिकाको संख्या ४ लाख ८६ हजार ३ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस