भिटामिन डीको कमीले क्यान्सर, उच्च रक्तचाप र मधुमेह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भिटामिन डीको कमीले क्यान्सर, उच्च रक्तचाप र मधुमेह


१३ जेष्ठ २०७५, आइतबार


भिटामिन डीको कमीले क्यान्सर
यो एक प्रमाणित मेडिकल तथ्य हो कि भिटामिन डीको कमी भएका व्यक्तिहरूलाई क्यान्सर, उच्च रक्तचाप तथा मधुमेह हुने सम्भावना एकदमै उच्च हुन्छ । मैले जुन कुरा भनिरहेको छु त्यो कुनै मेडिकल तथ्य वा रिसर्चहरूबाट प्रमाणित कुरा मात्र बोलिरहेको हुन्छु । त्यति मात्र होइन, भिटामिन डीको कमीले अन्य नसर्ने रोगहरू लाग्ने सम्भावना समेत एकदमै बढ्छ । त्यसमाथि भिटामिन डीको कमीले हाम्रो रोग प्रतिरोध शक्तिलाई समेत नकारात्मक असर पुग्छ, जसले गर्दा हामी सजिलै विभिन्न सर्ने रोगहरू तथा नसर्ने क्रोनिक डिजेनेरेटिभ र थुप्रै अटो इम्युन रोगहरूको सिकार हुन पुग्छौं ।

भिटामिन डीको कमीले हाडजोर्नीका समस्या त हुन्छन् नै । तर, हाडजोर्नीका साधारण समस्याहरू पनि भिटामिन डीको कमीले भयानक बन्न सक्छन् । भिटामिन डीको कमीले चाडैं नै हाडजोर्नी खिइने, कमजोर हुने, बांगिने, दुख्ने, रिकेट्स, अस्टियोमलेसिया, हड्डी पलाउने, चाडै थाक्ने, काम गर्नै नसक्ने आदि सम्म गराउन सक्छ ।

मसँग त यस्ता बिरामीहरू छन्, जसकणे मेरुदण्ड ६ ठाउँमा भाँचिएको छ । जवानी नआउँदै मेरुदण्ड पूरै सर्प जसरी बांगिएको छ । यी सबै लडेर वा एक्सिडेन्टले भएको होइन, भिटामिन डीको कमीले भएका हुन् ।

यी अंगमा हुने सम्भावना बढी
हो, क्यान्सर पनि हुन सक्छ । भिटामिन डीको कमीले फोक्सो, ब्रेस्ट, पेट तथा आन्द्रा, प्याक्रियाज, मूत्रथैली, प्रोस्टेट आदि ठाउँको क्यान्सर हुन सक्छ । भिटामिन डीको कमीले शरीरको रोग तथा क्यान्सरसँग लड्ने क्षमता नै एकदमै कम हुँदै जाने अनुसन्धानहरूले देखाएका छन् ।

भिटामिन डीको कमीले क्रोनिक डिजेनेरेटिभ रोगहरू
प्रायःजसो नसर्ने रोगहरूलाई क्रोनिक डिजेनेरेटिभ रोगहरूको ग्रुपमा राखिन्छ । यस अन्तर्गत

  • उच्च रक्तचाप
  • मधुमेह
  • रक्तनलीका रोग
  • आर्थराइटिस, अस्टियोपोरोसिस
  • दम, ब्रोंकाइटिस जस्ता श्वासप्रश्वासका रोग
  • क्रोनिक फेटिग सिन्ड्रम
  • विभिन्न क्यान्सर
  • मल्टिपल स्क्लेरोसिस,
  • मायाल्जिया, फाइब्रोमायाल्जियाआदि रोगहरू हुन्छन् ।

मेडिकल रिसर्चहरूका अनुसार भिटामिन डीको कमीले यस्ता रोगहरू हुने सम्भावना उच्च हुन्छ ।

त्यति मात्र होइन, रिसर्चहरूका अनुसार भिटामिन डीको कमीले इन्फ्लुएंजा, टिबी, क्रोन्स डिजिज, बाथरोग, डिप्रेसन, सिजोफ्रेनिया, मोटोपन, ढाड दुख्ने रोग पनि निम्ताउन सक्छ । भिटामिन डी यस्तो महत्वपूर्ण छ कि यसले दुई हजारभन्दा बढी जेनेटिक कार्य पनि नियन्त्रण गर्छ ।

भिटामिन डीको कमीले नसर्ने रोग
नसर्ने रोगका कारण थुप्रै हुन्छन्, जस्तै : जीवनशैली, खानपान, व्यायाम, तनाव, प्रदूषण, जेनेटिक्स आदि । तर, भिटामिन डीको कमी पनि ती कारणहरूमध्ये एक मुख्य कारण हो । अनुसन्धानहरूका अनुसार भिटामिन डीको कमीले यस्ता रोगहरू हुने सम्भावना एकदमै उच्च हुन्छ । केही रिसर्चहरूका अनुसार त अन्य कारणहरू नहुँदा पनि भिटामिन डीको कमीले मात्रै पनि यस्ता रोग विकसित हुन सक्छन् । यसबारे हजारौं मेडिकल रिसर्चहरू भइसकेका छन् ।

५ व्यक्तिमध्ये ४ जनामा भिटामिन डीको कमी
साधारण घामबाट पाइने भिटामिन डीको कमी आजभोलि भयावह रूपमा फैलँदै गएको छ । हालसालै प्रकाशित रिसर्चहरूलाई मान्ने हो भने हाम्रो नेपालमा समेत झण्डै हरेक ५ व्यक्तिमध्ये ४ जनामा भिटामिन डीको कमी छ । के हामीले सोच्नु पर्ने बेला आएन र ?

समाधान
यसका लागि एउटै टिप्स काफी छ त्यो होः हप्ताको १ दिन हामीले नांगिएर १ घण्टाको लागि घाम ताप्ने ।

तर, रोग लागिसकेको छ वा दुखाई निम्तिसकेको छ भने विशेषज्ञकहाँ गएर त्यसको उपचार भने गराउनै पर्छ ।

र यो पनि,

हरेक ५ जनामध्ये ४ जनामा भिटामिन डी को कमी !

Tags :
प्रतिक्रिया दिनुहोस