सहसचिवलाई सम्मान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहसचिवलाई सम्मान


प्रशासन विशेष ब्युरो

७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । चैतन्य इन्टिच्यूट अफ म्यानेजमेन्टले सह सचिवहरुलाई सम्मान गरेको छ ।

सह सचिव परीक्षाको क्रममा चैतन्य इन्टिच्यूटबाट तयारी कक्षा लिइ केही दिन अघि मात्रै लोकसेवा आयोगबाट सिफारिस भएका सह सचिवहरुलाई पूर्व उच्च प्रशासक सम्मिलित एक समारोहकाबीच सम्मान गरिएको हो ।

नव नियुक्त सह सचिवहरुलाई पूर्व मुख्य सचिव विमल कोइराला तथा पूर्व सचिव प्रतापकुमार पाठकले खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान तथा बधाइ दिएका छन् ।

लोकसेवाको तयारी कक्षा खासगरी उपसचिव तथा सहसचिवका लागि चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट एक उत्कृष्ट इन्टिच्यूट रहेको र अनुभवि तथा कुशल पूर्व प्रशासकहरुबाट दिइदै आएको सही मार्ग निर्देशन नै सफलताको कडी भएको नवनियुक्त सह सचिवहरुले बताएका छन् ।

सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यसचिव बिमल कोइराला तथा सचिव प्रतापकुमार पाठकले नव नियुक्त सहसचिवहरुलाई जनताप्रति जिम्मेवार भइ सेवा प्रवाह गर्न सुझाव दिए ।

चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले नव नियुक्त सह सचिवहरुलाई बधाइ तथा शुभकामना दिँदै देशले गर्व गर्ने नेतृत्व प्रदान गर्न सकोस् भन्ने सुभ कामना दिए ।

कार्यकारी अधिकृत जोशीले लोकसेवाप्रति आकर्षित युवाहरुको भविश्य निर्माणमा आफुहरु जहिल्यै सहयोगी हात बनेर उभिने बताउँदै उक्त इन्स्टिच्यूटबाट पढेकाहरुको सफलता नै आफ्नो सफलता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस