सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे


प्रशासन विशेष ब्युरो

७ जेष्ठ २०७५, सोमबार


विकास र समृद्धि

काठमाडौँ । सरकारले आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज(सोमबार) संघीय संसद्मा पेस गर्दै छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार अपराह्न ४ बजे बस्दैछ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको सचिवालयले जनाएको छ ।

संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्याइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस