प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत


प्रशासन विशेष ब्युरो

६ जेष्ठ २०७५, आइतबार


काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत भएको छ ।

संघीय मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषदले पठाएको प्रस्ताव उपयुक्त नभएको भन्दै अस्वीकार गरेको हो ।

मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा अमेरिका जान लागेका राउतलाई प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नु पर्ने समय परेकाले जान अनुपयुक्त देखिएको सञ्चार राज्यमन्त्री गोलुक बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस