एकै दिन क्षमताभन्दा बढी यात्रु बोक्ने १८९ सय माइक्रो र टेम्पो चालक कारवाहीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकै दिन क्षमताभन्दा बढी यात्रु बोक्ने १८९ सय माइक्रो र टेम्पो चालक कारवाहीमा


६ जेष्ठ २०७५, आइतबार


काठमाडौं । ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ । आज मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका विभिन्न स्थानबाट १ सय ८९ सवारी चालकलाई कारबाही गरेको हो ।

महाशाखाका सह–प्रवक्ता मुकुन्द मरासिनीले पहिलोपटक सबैसँग ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ । आगामी दिनमा ठप अटेरी गर्ने चालकलाई थप कारबाही गरिने उनले बताए ।

यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए । मरासैनीले पुनः गल्ति दोहोर्याए तीन हजार जरिवाना लिइने बताए ।

प्रतिक्रिया दिनुहोस