नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


६ जेष्ठ २०७५, आइतबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस