गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

५ जेष्ठ २०७५, शनिबार


दिए ज्ञान बढ्ने लुकाए सकिन्छ ।
छरे अन्न उग्ने र खाए सकिन्छ।

विना श्रम सित्तै नखोजे पियारा,
जिब्रे स्वाद हो त्यो चपाए सकिन्छ।

नसल्काउ व्यर्थै मनैमा डढेलो,
रही शान्त प्यारा निभाए सकिन्छ।

बडो सान हो यो बुझौ स्वाभिमान,
उचो माथ आफ्नो झुकाए सकिन्छ।

तिमीसाथ नौलो लुगा छ ईमान,
सधै नित्य लाअौँ नलाए सकिन्छ

उचालेर भारी बढौ देश निम्ती,
धरा धर्म हो जो बिसाए सकिन्छ।

प्रतिक्रिया दिनुहोस