लागु औषध सहित १ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागु औषध सहित १ जना पक्राउ


१ जेष्ठ २०७५, मंगलबार


काडमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरी टोलिले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। नागढुङ्गा चेकपोष्टमा काठमाडौं भित्रिने सवारी साधनहरूलाई नियमित चेकजाँच गर्ने क्रममा काकडभित्ताबाट आएको ना ७ ख २७७६ नं. बसका यात्रु श्याम साहलाई प्रहरीले नियन्त्रणमा लियको हो ।

सुनसरी, दुहबी ७ घर भएका साहलाई नाईट्रोजेपान ३०० ट्यावलेट, फेनारगन ५० एम्पल, डाफजेल्याब ५० एम्पल, एभिल ५० एम्पल, लुपिजेसिक ५० एम्पल भोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस