जुवातास, लागुऔषधमुक्त कर्णाली प्रदेश : कानूनमन्त्री भण्डारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जुवातास, लागुऔषधमुक्त कर्णाली प्रदेश : कानूनमन्त्री भण्डारी


३१ बैशाख २०७५, सोमबार


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् ।

आज गृह जिल्ला जुम्ला पुगेका उनले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताए ।

जुम्ला प्रशासन र प्रहरीले जुवातास तथा लागुऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री भण्डारीले भने, ‘ग्रामीण कुनाकाप्चामा व्यापक बन्दै गएको मदिरा नियन्त्रणमा गाउँस्तरबाटै सामाजिक सहयोग आवश्यक छ ।रासस

प्रतिक्रिया दिनुहोस