प्यूठानमा बस दुर्घटना, ५ को मृत्यु, २५ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्यूठानमा बस दुर्घटना, ५ को मृत्यु, २५ घाइते


प्रशासन विशेष ब्युरो

३० बैशाख २०७५, आइतबार


बस दुर्घटना

दाङ । प्युठानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्युठानको खलंगा आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस प्युठानको सरुमारानी गाउँपालिका बडडाँडा नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस