गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

२९ बैशाख २०७५, शनिबार


जलाउनेले जलाइदियो त म के गरुँ
छलाउनेले छलाइदियो त म के गरुँ

धारिलो छुरी घोपेर मुटु कलेजीमा
चलाउनेले चलाइदियो त म के गरुँ

साँचेरै राखेकोथें सम्झना बिम्बहरू
ढलाउनेले ढलाइदियो त म के गरुँ

पत्थर थियो मुटु फलामसरि यहाँ
गलाउनेले गलाइदियो त म के गरुँ

पिरतीको नाङ्लोमा न बियाँ बने न ढुंगा
कलाउनेले कलाइदियो त म के गरुँ

पानी मागें बैगुनीलाई आगो निभाउन
दिलमा कोरी सलाइदियो त म के गरुँ

जिन्दगीको जाँतोमा दालसरि आज
दलाउनेले दलाइदियो त म के गरुँ

खुसी थियो उमंग थियो पीडासँगै आँसु
फलाउनेले फलाइदियो त म के गरुँ

प्रतिक्रिया दिनुहोस