जताततै सिन्डिकेट र कार्टेलिङ  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जताततै सिन्डिकेट र कार्टेलिङ 


प्रशासन विशेष ब्युरो

२९ बैशाख २०७५, शनिबार


प्रतिष्पर्धा नियन्त्रण गर्ने सिन्डिकेटको खेल।
बस्तु सेवामा अनुचित नाफा गर्ने जालझेल।
मिलोमतोमा मूल्य निर्धारण कार्टेलिङ हुन्छ।
बढी मूल्यमा न्यून गुणस्तर उपभोक्ता रुन्छ।

सिन्डिकेट अनि कार्टेलिङ उपभोक्ता लुटने।
बेला आयो सचेत नागरिक विरोधमा जुटने।
यातायातमा समितिको एकाधिकार बलियो।
सरकार जनता जुटेपछि मूल जरा हल्लियो।

शिक्षा स्वास्थ्य सञ्चारमा कार्टेलिङको राज।
दाल चामल तरकारीमा कति लुटछन आज।
कागज देखि कात्रो हुँदै सुनदेखि चाँदीसम्म।
जताततै उपभोक्ता शोषण पुग्यो घाँटीसम्म।

म्यानपावरमा युवायुवतीको अत्याचारी लूट।
पहुँचवाला उद्योगी व्यापारी राजस्व नै छूट।
बैंक ब्याज दर कार्टेलिङको देखियो सिकार।
विकास निर्माणमा मिलोमतो देशकै विकार।

जायज कमाइ नाफा हुन्छ नाजायज हो लूट।
व्यवसायको नाममा दादागिरी दिनु हुन्न छूट।
अकुत कमाउने दुष्टात्मा सुशासनका बाधक।
दण्डहीनता देशको लागि सबैभन्दा घातक।

नियामक संस्थामा साँठगाँठ रोक्नुपर्छ सब।
भ्रष्टाचारीलाई कानुनी दण्ड ठोक्नुपर्छ अब।
बेथिति रोक नेपाल सरकार जनताको साथ।
अनुशासित होस राष्ट्रसेवक रोक्नै पर्छ घात।

Tags :
प्रतिक्रिया दिनुहोस