नख्खु कारागारभित्र कैदीको रहस्यमय मृत्यु, छानबिन समिति गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नख्खु कारागारभित्र कैदीको रहस्यमय मृत्यु, छानबिन समिति गठन


प्रशासन विशेष ब्युरो

२६ बैशाख २०७५, बुधबार


काठमाडौं । नख्खु कारागारभित्र शुक्रबार राति एक कैदीको रहस्यमय मृत्यु भएको छ । बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो । मृतक सुनुवार प्रेमिका हत्या गरी कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका थिए ।

नख्खु कारागार शाखाका एक प्रहरी अधिकारीका अनुसार सुनुवारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

मृतकका परिवारले कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको उजुरीमा उल्लेख गरेका छन् ।

घटना छानबिनका लागि महानगरीय प्रहरी परिसर ललितपुरले समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस