लोक सेवाद्वारा १२ जना सहसचिव सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाद्वारा १२ जना सहसचिव सिफारिस


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७५, मंगलबार


लोक सेवा

काठमाडौं । लोक सेवा आयोगले १२ जना सहसचिवलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

सहसचिव(रा.प. प्रथम श्रेणी)का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका १६ उम्मेदवारहरुको अन्तर्वाता, प्रस्तुतीकरण, मामिला विश्लेषण र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा १२ जनालाई योग्यताक्रम अनुशार स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६५०३/०७४–०७५(आ.प्र.) नेपाल प्रशासन सेवा, रा.प्र. प्रथम श्रेणी(अप्रा), सहसचिव वा सो सरह पदको लागि १२ जना मागिएको थियो । सरकारको नीति निर्माण तहमा सहसचिवको महत्वपूर्ण भूमिका रहन्छ ।

सहसचिवका लागि सिफारिश गरिएकाहरुमा शिवलाल तिवारी, शेषनारायण पौडेल, चक्रपाणी पाण्डे, सुमन घिमिरे, तोयनारायण सुवेदी, शिवकुमार कार्की, छविलाल रिजाल, ज्ञानराज सुवेदी पुष्पराज शाही, उमेश ढुङ्गाना, हुमकला पाण्डे र भीष्मकुमार भूसाल रहेका छन् ।

त्यसैगरी वैकल्पिकमा केशबराज सुवेदी, टकप्रसाद पाण्डेय र सुवासचन्द्र शिवाकोटी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस