प्रधानमन्त्री कार्यालयका २६ जना कर्मचारीको काज फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालयका २६ जना कर्मचारीको काज फिर्ता


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका २६ जना कर्मचारीको काज फिर्ता गरिएको छ ।

तीन महिना भन्दा बढी समय काजमा रहेका कर्मचारीलाई काज फिर्ता गर्नुपर्ने ऐनकै प्रावधान अनुशार ति कर्मचारीहरुको काज फिर्ता गरिएको स्रोतले जनाएको छ ।

काज खटाउने तथा फिर्ता पठाउने नियमित प्रक्रिया नै भएपनि बीचमा लामो समयसम्म रोकिएको थियो । मुलुक नयाँ संरचनामा प्रवेश गरेसँगै कर्मचारी मिलान गर्दै लैजानु पर्ने भएकोले गत चैत्र महिनामा नै सामान्यले काज फिर्ता सम्बन्धी पत्राचार गरेको थियो ।

नयाँ सरकार गठनसँगै कर्मचारी मिलान गर्दै लैजाने सरकारको योजना अनुशार नै यतिबेला कर्मचारीहरु व्यवस्थापन कार्य तिव्रता दिइएको छ । कर्मचारीको सरुवासँगै लामो अवधिसम्म एउटै कार्यालयमा रहेका तथा काजमा रहेका कर्मचारीलाई मिलान गर्दै लैजाने उच्च स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस