सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार


२४ बैशाख २०७५, सोमबार


इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको सहज उपचार गर्दै आएको छ ।

वि.सं. २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सात हजार १०० जनाले उपचार पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवस पोख्रेलले जानकारी दिए ।

सर्पदंशका पीडितलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउँदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रले यस वर्षको वैशाख तेस्रो सातासम्ममा झण्डै एक हजार ४०० जनाको उपचार गरिसकेको छ । इटहरी उपमहानगरका बासिन्दाको निःशुल्क उपचार गरिँदै आएको नगर उपप्रमुख लक्ष्मी गौतमले बताइन् । भेन्टिलेटेरमा उपचार गर्नु पर्ने अवस्थाका पीडितलाई भने उपचार केन्द्रले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा विराटनगरको नोबेल मेडिकल कलेज पठाउने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस