घुँडा टेक्यो सिण्डिकेटले, आजदेखि यातायात नियमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घुँडा टेक्यो सिण्डिकेटले, आजदेखि यातायात नियमित


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरेका छन् ।

शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएको हो।

सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न माग गर्दै यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ।

सार्वजनिक कलंकका रुपमारहेको सिण्डिकेटबिरुद्ध सरकारले कडाइका साथ अघि बढेपछि सिण्डिकेटधारी यातायात व्यवसायी पछि हट्न बाध्य भएका हुन् । मनपरी चलाउँदै आएका सिण्डिकेटधारी व्यवसायीप्रति आम जनताबाटसमेत कडा बिरोध भएपछि सरकारलाई यसलाई हटाउन थप सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस