यसरी भयो १० वर्षमा नभएको काम १० दिनमै ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यसरी भयो १० वर्षमा नभएको काम १० दिनमै !


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


जनकपुरधाम । दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ।

यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि भने १० वर्षमा हुन नसकेको काम १० दिनमा सम्पन्न गर्ने तत्परता देखिएको छ।

अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन स्थानीय अगुवाले नगरपालिका समक्ष माग गर्दै आए पनि अवस्था जस्ताको तस्तै थियो। मोदीले पूजापाठ गर्ने जानकी मन्दिर र अभिनन्दनस्थल बाह्रबिघा मैदानको बीचमा पर्ने अस्पताल क्षेत्रलाई अहिले फोहोरमुक्त बनाउन कामदार खटाइएका छन्।

मोदी त्यही बाटो जाने भएपछि सडकलाई सुन्दर र सफा बनाउन लागिएको हो। जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस