२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियम मिच्ने होडबाजीमा निला प्लेटका सवारी

अ+ अ-

सिंहदरबार । सुधार मुहानबाटै हुनुपर्छ, धाराबाट होइन । जबसम्म मुहान नै धमिलो हुन्छ तव धाराहरु दुधले नै सफा गरेपनि आखिर पानी धमिलै आउँछ ।

सुशासनमा मार्फत समृद्धि मुलुक बनाउने अभियानमा अग्रसर प्रधानमन्त्री ओलीलाई यो कुरा थाहा छैन भनेर भन्न त नमिल्ला । तर, मुहानको पनि मुख्य मुल अर्थात केन्द्रभागमा नै बारम्बार दोहोरिई/तेहरिई रहने गल्तिहरुलाई वेवास्ता गरेको देख्दा कता कता काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पो हुँदै छ कि भनेर झस्काउने चाहिँ गर्छ ।

प्रसंग सिँहदरबारभित्रको सवारी पार्किङको हो । स्व–शासनमार्फत सुशासन कायम गराउने प्रशासन डटकमको विशेष अभियान अन्तर्गत देशको मुख्य प्रशासनिक मुख्यालयका रुपमा रहेको सिँहदरबारभित्रबाटै सुधार गरिनुपर्ने धेरै पक्षहरुमध्ये एउटा पक्ष हो सवारी पार्किङ । जसलाई हामीले सिँहदरबार श्रृंखला अन्तर्गत उजागर गर्दै आएका छौं । शासकहरुको पार्किङ शैली (फोटो फिचर)

प्रशासन डटकमले निरन्तर यस विषयलाई उठाउदै आएपछि थोरै हलचल त गरेको छ तर सुधारको सुरुवात अझै भएको छैन । पार्किङकै विषयमा दोस्रो पटक (हिजो)बुधबार मात्रै हामीले बुधबार पार्किङ सम्बन्धी नै अर्को समाचार प्रकाशित गरेका थियौं । सुशासनको कोलाहोलो यिनको कानसम्म कहिले पुग्ला ?

व्यावसायिक कृषि तथा व्यापार परियोजना(प्याक्ट) को गाडी असोभनीय तवरबाट पार्किङ गरेको समाचार छापिएकै भोलीपल्ट पल्टै अर्थात (आज)विहिबार सो ठाउँमा प्रशासनले पार्किङ निषेध भन्ने पार्किङ निशेष लेखिएको बोर्ड राखेको छ । तर ठीक त्यसको पछाडी इसीमोड भन्ने गैरसरकारी संस्थाको निलो प्लेटको गाडी गजक्कै उभ्याएको छ ।

अगाडी पार्किङ निषेध लेखिएको टाढैबाट देखिने बोर्डलाई वेवास्ता गर्दै राखिएको यो गाडीले सवारी पार्किङको सामान्य सिद्धान्त मात्रै पनि पालना त गरेको छैन, छैन देशको प्रशासनिक मुख्यालयमा कानूनलाई ठाडो चुनौती समेत दिएको छ ।

सबैभन्दा शक्तिशाली मानिने सिँहदरबारभित्रै कानूनको धज्जी उडाउने यो मात्रै एउटा छैन, भौतिक पूर्वाधार, यातायात मन्त्रालय अगाडी सडकमै पार्किङ गरिएको नेपाल रेसिडेन्स मिसन नामको लोगो टाँसेको अर्को निलो प्लेटको गाडीले समेत साथ दिइरहेको छ ।

दिन दहाडै खुलेआम त्यो पनि दिनभरी जसो कुनै न कुनै सवारीले यसरी नियम मिचिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव लगाएत अन्य सम्बन्धित अधिकारीको मौनताभित्रको रहस्य के होला ?

र यो पनि,

सिँहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पाकिङले देखाएको अन्तर(फोटो फिचर)

प्रतिक्रिया दिनुहोस