जानकी मन्दिरमा ओली र मोदीको सँगै पूजा गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जानकी मन्दिरमा ओली र मोदीको सँगै पूजा गर्ने


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७५, बिहिबार


जनकपुर । मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् ।

प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ।

पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ। तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइसहितको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस