काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, मारिनेमा तीन जना पत्रकार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, मारिनेमा तीन जना पत्रकार


१७ बैशाख २०७५, सोमबार


काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ ।

मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ ।

सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको पहिचान खुलेको छैन । सोमबार बिहान दुई जना आत्मघातीले उक्त विस्फोट गराएको बताइएको छ ।

मारिनेमा तीन जना पत्रकार पनि परेका बताइएको छ । ती तीन जना पत्रकारमध्ये एकजना फोटो पत्रकार रहेको अफगानिस्तानको पत्रकार वकालत समूहले जनाएको छ ।

उक्त आक्रमण कसका लागि लक्षित थियो भन्ने बारेमा केही खुलेको छैन । तर पनि उक्त आक्रमणस्थल अफगानिस्तानको अर्धसैन्य बलको नजिक रहेकोले सोही कार्यालयलाई लक्ष गरिएको अनुमान प्रहरीको छ ।

सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरु रहेका छन् । ती कार्यालहरुलाई पनि लक्ष गरिएको अनुमान गरिएको छ ।

आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन । त्यसैगरी सो हमलामा परी मारिने पत्रकारको पनि पहिचान खुलेको छैन ।

प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीकाअनुसार अर्धसैन्य बलको नजिकै सो कार्यालय रहेकोले उनीहरुले उक्त कार्यालयमा रहेका अधिकारीलाई लक्ष गरेका थिए ।

तर मारिनेमा के कति जना सर्वसाधारण र उक्त बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस