संघद्धारा १३४ पीडितलाई कानूनी उपचार उपलब्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संघद्धारा १३४ पीडितलाई कानूनी उपचार उपलब्ध


९ बैशाख २०७५, आइतबार


काठमाडौं । वैदेशिक रोजागर पीडित तथा परामर्श संघले १३४ पीडितलाई कानूनी उपचार उपलब्ध गराएको छ ।

संघले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र परी स्वदेशमा फर्केका पीडितको उजुरीका आधारमा सरकारी निकाय तथा विभिन्न सरोकार संघ संस्थासँगको समन्वयमा उनीहरुलाई क्षतिपूर्ति सहित कानूनी उपचार उपलब्ध गराइएको हो ।

साउदी अरबको कारागारमा विभिन्न अभियोगमा सजाय पाइरहेका १० नेपाली श्रमिकलाई स्वदेश फर्काइएको संघका अध्यक्ष दीपक राउत क्षेत्रीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि करीब ५० लाख नेपाली युवा विदेशिएका छन् । विदेश जानेमा पछिल्लो समय महिलाको संख्या पनि बढ्दो छ ।

श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या करीब डेढ लाख छ । करिब पाँच लाख भन्दा बढी महिला विदेशी विमानस्थलबाट बाहिरिएको बताइएको छ । विदेश गएर भनेजस्तो काम नपाएर स्वदेश फर्केका ५१ जनालाई उक्त संस्थाले केही आर्थिक सहयोग गरी घर जाने व्यवस्था गरिएको छ ।

त्यसैगरी साउदी अरब पठाउने भनेर नक्कली भिसा दिइएका २७५ कामदारको उजुरीका आधारमा ठगी गर्ने न्यू ब्लु स्टार’ मेनपावर कम्पनीलाई खारेज गरिएको छ । भारतीय गुप्तचर संस्थामा जागिर लगाइदिने भनी ठगी गरेका पदम श्रेष्ठलाई पनि पक्राउ गरिएको र ती कार्य बिगत तीनमहिना देखि हुँदै आएको उक्त संस्थाका सचिव प्रकाश कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस